६८ वर्षमाथिका बुबाआमालाई लिएर वडा अध्यक्ष पुगे प्युठान स्वर्गद्वारी

| २०८० मंसिर २६ गते १७: १३ मा प्रकाशित

कमला घिमिरे,अर्घाखाँची।जनता खुशि बनाउन कुनै ठुलो काम भन्दा पनि नयाँँ तरिकाको सोच मात्र ल्याउन सके पनि सम्भव छ । आज विकासका नाममा अरवौ बजेट खर्च भैरहदा प्रतक्ष्य जनतालाइ प्रभाव पार्ने काम नभभएको गुनासो सबत्र सुन्न पाईन्छ । कुनै पनि स्थानिय तहका नेतृत्वहरु यो कुरा मान्न तयार नभएपनि अधिकांश माथि लाग्ने गरेको सत्य आरोप पनि यहिँ हो कि विकास दोजरमा केन्द्रित छ ।

यसैविच पाणिनी गाउँपालिका वडा न. ६ धातिवाङले एउटा नमुना कामको थालनी गरेको छ । 

जेष्ठ नागरिकहरुलाई सम्मान गर्न दोसल्ला र खादाको गरेन । उनिहरुको चाहाना र खुशि खादामा होईन अन्तै छकि भनेर नयाँ सोचको प्रारम्भ पनि गरेको छ ।

६८ वर्ष नाघेका सम्पुर्ण इच्छुक वडा भित्रका नागरिकहरुलाई २ दिने तिर्थ यात्रा गराएर वडा कार्यालयले जेष्ठ नागरिकहरुलाई खुशि मात्र गराएन वाइ वाई पनि बटुले को छ । सानो रकमबाट पनि धेरैको खुशि एकै ठाउँमा प्राप्त गर्न सकिने कुराको उदाहरण पेश गरेको छ ।

वडाध्यक्ष कृष्ण प्रसाद पौडेल भन्नुहुन्छ “सम्मान गर्ने अनेक तरिका हुनसक्छन हामिले यो तरिका अपनायौ धेरै जना खुशि हुनुहुन्छ । हामिले गरेको वाचा पुरा गर्ने कार्यको थालनी गरेका छौँ । हरेक वर्ष फरक फरक  स्थानमा तिर्थयात्रा गराउने योजना छ  अत बर्ष  अघि  पनि गुल्मी रिडिको भ्रमण थियो  भने यश बर्ष प्युठान स्वर्गद्वारी रहेको छ। उहाँ थप्नुहुन्छ सम्भवत यो धेरैका लागि नयाँ हुन सक्छ वडा कार्यालयकै पहल र योजनामा वडा भरिका जेष्ठ नागरिक एकै पटक तिर्थ यात्रामा जान पाउने । यसका लागि कुशल ब्यावस्थापन र सहयोगका लागि वडा परिवार र स्थानियलाई धन्यवाद पनि दिए।

प्रतिक्रिया दिनुहोस्