अर्घाखाँची बुलेटिनकर्मी घिमिरेलाई सिद्धेश्वर सहकारीले ग¥यो सम्मान

| २०८० पौष १० गते १६: ४१ मा प्रकाशित

अर्घाखाँची,
 १० पुस । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा रहेको श्री सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि. को दोस्रो वार्षिक साधारण सभामा अर्घाखाँची बुलेटिनकर्मीलाई सम्मान गरेको छ । 

अर्घाखाँची बुलेटिनका संवाददाता कमला घिमिरेलाई उक्त संस्थाले वार्षिक साधारण सभाको अवसर पारी प्रंशसापत्र, फुलमाला सहित सम्मान गरेको हो । 

जिल्ला समन्वय समितीका प्रमुख जिवनारायण कोईराला, गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल, वडा अध्यक्ष कृष्णप्रसाद पौडेल र सहकारी संस्थाका अध्यक्ष घनश्याम पौडेलले सम्मान गरेका हुन । सहकारी संस्थाले दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्