राष्ट्रिय ख्याति प्राप्त कलाकारको साथमा पाणिनि डान्स एण्ड सिन्गिंग आईडियल २०२४ को ग्राण्ड फिनाले हुँदै

| २०८० पौष २४ गते १७: ४५ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। केबी डान्स बुटवल र मनकामना युवा क्लव मैदान अर्घाखाँची को आयोजनामा पाणिनि डान्स एण्ड सिन्गिंग आईडियल २०२४ को ग्राण्ड फिनाले हुने भएको छ। 

कार्यक्रम पौष २८ गते बिहान १० गते देखि शुरु हुने आयोजक ले जनाएको छ। ग्राण्ड फिनाले कार्यक्रम पाणिनी गाउँपालिकाको खेलमैदान बराहरुख दुर्गाफांट मा हुने छ। 

उक्त कार्यक्रम मा राष्ट्रिय ख्याति प्राप्त कलाकार खुमन अधिकारि ,बसन्त लम्साल ,अप्सरा सुनार ,भुवन खड्का होस्ट तथा गायक दिपु मगर लगायत स्थानीय कलाकारहरुको उपस्थितिमा बिजोड प्रस्तुति रहने छ। 

कार्यक्रमको मिडिया पार्टनरमा अर्घाखाँचीबुलेटिन डटकम र पाणिनी न्युज डटकम रहेका छन्। कार्यक्रमको मुख्य आयोजक केबी डान्स बुटवल रहेको छ भने सह - आयोजक मनकामना युवा क्लव मैदान अर्घाखाँची रहेको छ। 

प्रतिक्रिया दिनुहोस्