पाणिनी मा आज गायिका ज्योति मगर आउँदै

| २०८० फागुन २५ गते ०३: ३६ मा प्रकाशित

कमला घिमिरे,पाणिनी। जिल्लाको पाणिनी गाउँ पालिका वडा नं ८ कुरुले फाँटमा फागुन २४ गते देखि  सातौँ  पाणिनी  महोत्सव सुरु भएको छ। 

आज महाशिवरात्री २०८० को दिन देशभर हर्षोल्लास का साथ् शिवरात्री मनाईदै छ। पाणिनी  महोत्सवको दोश्रो दिन कुरुले फाँटमा चर्चित लोकदोहोरी गायिका ज्योति मगरको धमाकेदार प्रस्तुति रहने छ। 

पाणिनि गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन वृद्धि गर्न एवं स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नका लागि मेला आयोजना गरिएको मेलामा ३० हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । 

महोत्सवको लागि प्रवेश शुल्क ,साधारण तर्फ रु १०० विद्यार्थीहरूको लागि ७० रुपैयाँ तथा ७० वर्ष कटेका ज्येष्ठ नागरिक र अपाङ्गहरूका लागि भने प्रवेश नि:शुल्क गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्