पाणिनि महोत्सवमा हुने साङ्गितिक कार्यक्रमको प्रत्यक्ष प्रसारणमा रोक

| २०८० फागुन २५ गते १९: २६ मा प्रकाशित

केशब ,पन्थी ,पाणिनी। पाणिनी पर्यटन समाजको आयोजनामा यही फागुन २४ देखि सुरु भएको महोत्सबको प्रत्यक्ष प्रसारणमा आयोजकले रोक लगाएको छ ।  पाणिनी गाउँपालिका कुरुलेफांटमा यहि २८ गते सम्म सन्चालन  हुने  मेलाको प्रत्यक्ष प्रसारण गर्दा दर्शकको प्रत्यक्ष उपस्थित कम हुने भन्दै यस्तो निर्णय गरिएको आयोजकले जनाएको छ। 

महोत्सवको हिजो  उद्घाटन भएको हो । महोत्सवमा राष्ट्रिय कलाकारहरूको  प्रस्तुति रहने छ ।

पाणिनि गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन वृद्धि गर्न एवं स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नका लागि मेला आयोजना गरिएको  हो  । 

महोत्सवको लागि प्रवेश शुल्क समेत साधारण तर्फ रु १००,विद्यार्थीहरूको लागि ७० रुपैयाँ र ७० वर्ष काटेका ज्येष्ठ नागरिक र अपाङ्गहरूका लागि  प्रवेश निशुल्क गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्