सन्धिखर्क ४ मा ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरुको सम्मान कार्यक्रम सम्पन्न

| २०७८ चैत ११ गते २०: ०७ मा प्रकाशित

प्रेमनारायण आचार्य,अर्घाखाँची।
 ११ चैत - अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ४ मा  ज्येष्ठ नागरिक तथा फकरक क्षमता भएका ब्यक्तिहरुलाई सम्मान कार्याक्रम सम्पन्न भएको छ। 

सन्धिखर्क नगरपालिका वडा नम्वर ४ मा रहेका ४३ जना ज्येष्ठ नागरिक, र ५७ जना  अपांगता भएका ब्यक्तिहरुलाई सम्मान गरिएको वडा अध्यक्ष कृष्ण प्रासद श्रेष्ठले बताउनुभयो । 

उहाँले ज्येष्ठ नागरिक समाजका गहना भएकोले उनीहरुको ज्ञान र सिप सबैले सिक्नु पर्ने बताउनुभयो । उहाँले फरक क्षमता भएका ब्यक्तिहरुलाई आत्म सम्मानका सम्मान गरिएको बताउनु भयो । 

कार्यक्रममा कार्यपालिका सदस्य मानबहादुर सुनार, वडा सदस्यहरु शिवमाया आचार्य, हुमलाल श्रेष्ठ , लोचना देवी सुनार, स्वास्थ्य चौकी प्रमुख मिनराज पौडेल, स्थानीय अगुवाहरु  पिताम्बर पौडेल, महमद सफर मिया , मुक्तिराम भण्डारी , नामबहादर सिंह रानाभाट , चोपलाल श्रेष्ठ लगायतको उपस्थितिमा ज्येष्ठ नागरिक र अपांगता भएका गरी १ सय जनालाई सम्मान गरिएको हो । 

कार्यक्रम वडा अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, सदस्य शिवमाया आचार्यको स्वागत मन्तब्य र वडा सचिव संगिता घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्