सन्धिखर्क ८ किमडाँडामा सल्लेरीघाट जनजाति लिफ्ट खानेपानी आयोजनाको उद्धाटन

| २०७८ चैत १२ गते १९: ३३ मा प्रकाशित

कमला पाेख्रेल।सन्धिखर्क नगरपालिकाको वडा नम्वर ८ किमडाडामा सल्लेरीघाट जनजाति लिफ्ट खानेपानी आयोजनाको आज उद्धाटन गरिएको छ । 

स्थानीय ७९ घर र  १ विद्यालय गरी ८० घर परिवारका ब्यक्तिहरु लाभान्वीत भएको खानेपानी आयोजनाको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले उद्धाटन गरेका हुन् । 

खानेपानी आयोजनाको उद्धाटन गर्दै नगर प्रमुख कमल प्रसाद भुसालले खानेपानीको सहज सुविधा पुराउन नगरपालिकाले काम गरेको बताउनु भयो । उहाँले सन्धिखर्क नगरपालिका भित्रका अधिकांस घरमा एक घर एक खानेपानीको धारा पुराउने गरी आफुहरुले काम गरेको बताउनु भएको छ । 

कार्यक्रममा कार्य बहाक वडा अध्यक्ष नारायण प्रसाद अर्याल , सदस्य देवी थापा भुसाल, कमल प्रसाद पराजुली , कमला सुनार, प्राबिधिक हरि बहादुर बोहरा, समाजसेवी ब्यक्तिहरु हुम प्रसाद बन्जाडे, खिम बहादुर घर्ती, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, पत्रकार सागर महत लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रम खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर थापाको अध्यक्षता, गिता थापाको स्वागत मन्तब्य र दिपक श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्ष लालमणि श्रेष्ठले आयव्यय प्रस्तुत गर्नु भएको थियो  ।

प्रतिक्रिया दिनुहोस्