नेकपा एमालेका तर्फबाट सन्धिखर्क नगरपालिकामा सबै पदका उम्मेदवारहरूले गरे मनाेनयन दर्ता

| २०७९ बैशाख १२ गते १६: २९ मा प्रकाशित

अर्जुन भुसाल/हरि कुँवर  सन्धिखर्क। नेकपा एमालेका तर्फबाट सन्धिखर्क नगरपालिकामा सबै पदका उम्मेदवारहरूले मनाेनयन दर्ता गरेका छन् । 

भव्य र्यालीका बीच उम्मेदवारहरूले मनाेनयन दर्ता गराएका हुन् । उम्मेदवारहरूले एमाले केन्द्रीय सदस्य तथा प्रदेश सांसद चेतनारायण अाचार्य, केन्द्रीय सल्लाहकार परिषद् सदस्य लक्ष्मण रायमाझी, पार्टी प्रदेश सदस्यहरू सराेज भुसाल, विजुला रायमाझी, भरतमणि पाैडेल, रामबहादुर रायमाझी  जिल्ला कमिटी उपाध्यक्ष इश्वरा पाेखरेल, सचिव विधान रायमाझी, उपसचिव शम्भु पाेखरेल, पार्टी क्षेत्र नं. का संयाेजक रामबहादुर रायमाझी, २ का संयाेजक राम चन्द्र पाेखरेल लगायतका  नेताहरूकाे सहभागितामा  मेयर पदका उम्मेदवार कृष्ण प्रसाद श्रेष्ठ, उपमेयर पदका उम्मेदवार मिश्रा आचार्य सहित १२ वटै वडा अध्यक्ष  र सदस्य पदका उम्मेदवारले मनाेनयन दर्ता गराएका हुन् ।  

एमालेले सन्धिखर्क १ काे  अध्यक्षमा युवराज बञ्जाडे, २ मा  माेतिजङ्ग रायमाझी, ३ मा लक्ष्मण खडका, ४ मा शिबबहादुर भुसाल,५ मा शिब प्रसाद अधिकारी, ६ मा श्रीधर महतरा, ७ मा चुराबहादुर केसी,८ मा नारायण अर्याल, ९ मा पदम भुसाल, १० मा लक्ष्मी नारायण चुँदाली, ११ मा शिव शाह र १२ मा बसन्त श्रेष्ठलाई वडा अध्यक्षकाे रूपमा अघि सारेकाे छ ।

 एमालेले सन्धिखर्क नगरपालिकाकाे मेयर, उपमेयर सहित अधिकांश वडाहरूमा विजयी सुनिश्चित रहेकाे जनाएकाे छ । मेयर पदका उम्मेदवार  श्रेष्ठले नगरलाइ समृद्ध बनाउन एमालेकाे जित अावश्यक रहेकाे बताउनुभयाे । 

मनाेनयन दर्ता पछि पत्रकारहरूसँग संक्षिप्त प्रक्रिया दिँदै उहाँले अाफूहरूले जितेपछि नगरकाे चाैतर्फी विकास हुने बताउँदै कृषि, स्वास्थ,शिक्षा, सरसफाइ, पूर्वाधार निर्माणकाे क्षेत्रमा उल्लेख्य काम गर्दै  बेरोजगारी समस्याकाे हल गरिने बताउनुभयाे । श्रेष्ठकाे उम्मेदवारीले एमाले पंक्तिमा खुसीयाली छाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्