अर्घाखाँचीमा सन्धिखर्कका मेयर, उपमेयरका उम्मेदवार चढेको गाडी दुर्घटना

| २०७९ बैशाख २७ गते २०: १८ मा प्रकाशित

अशोक खनाल। अर्घाखाँचीमा मेयर, उपमेयरका उम्मेदवार चढेको गाडी दुर्घटना भएको छ ।सन्धिखर्क नगरपालिकाका गठबन्धनका नगर प्रमुखका उम्मेदवार शान्ता भन्डारी तथा उपप्रमुखका उम्मेदवार राजेन्द भुसाल चढेको बा.२१ च ९२८१ न. को गाडी दुर्घटनामा परेको हो ।

सन्धिखर्क नगरपालिका वडा न. ३ को फुदबाङमा गाडी अनियंत्रित भई गाडी दुर्घटनामा भएको हो ।

सन्धिखर्क नगरपालिका वडा न.५ को बलेवाङमा आयोजित चुनाबी कोणसभालाई सम्बोधन गर्न जाने क्रममा गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा गाडीको एयर ब्याग खुलेको कारण मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्