गौरीशंकरका विद्यार्थिले स्कुलमै गरे सामाग्रीको प्रदर्शन,ब्यवहारिक र नैतिक ज्ञान सिकाउनु आजको आवस्यकता होः पराजुली

| २०७९ माघ २८ गते १७: १७ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई,अर्घाखाँची।
माघ २७ -  शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख मनिराम पराजुलीले विद्यार्थिलाई कोरो शिक्षाले मात्रै नपुग्ने बताउनुभएको छ । शिक्षाको गुणस्तर बृद्धि अहिलेको आवस्यकता भएकोले यसको निम्ती ब्यवहारिक र नैतिक ज्ञान सिकाउन जरुरी रहेको उहाँको भनाई छ ।

 गौरीशंकर इङ्गिलस बोर्डिङ्ग स्कुलमा अध्ययनरत विद्यार्थीहरुमा रहेको प्रबिधि र प्राकृतिक क्षेत्रको ज्ञान तथा प्रतिभाबाट सिर्जित उत्पादनहरुको प्रदर्शनीमा अवलोकन पश्चात प्रवचन दिंदै इकाई प्रमुख पराजुलीले यस्तो बताउनुभएको हो । सैद्धान्तिक ज्ञान धेरै,प्रयोगात्मक ज्ञान थोरै दिने नेपालको शिक्षा प्रणालीले विद्यार्थिलाई परिक्षा केन्द्रित बनाएको उहाँको भनाई छ ।

 गौरीशंकर इङ्गिलस बोर्डिङ्ग स्कुल

शैक्षिक शत्रको अन्तिम मूल्याकंनमा उत्कृष्ट नतिजा आउने तर व्यबहारमा उत्कृष्ट हुन नसक्ने नेपालको अवस्थालाई परिवर्तन गर्न ब्यवहारिक र नैतिक ज्ञान सिकाउन जरुरी रहेको इकाई प्रमुख पराजुलीले बताउनुभयो । विद्यार्थिको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउन विद्यालयले गरेको भुमिकाको इकाई प्रमुख पराजुलीले खुलेर प्रशंसा गर्नुभएको छ भने विद्यार्थिलाई थप सफलताको शुभकामना दिनुभएको छ । 

गौरिशंकर इङ्गलिस बोडिङ्ग स्कुलको बार्षिक कार्यक्रम अनुसार कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थिहरुले आफुहरुसंग भएको क्षमतालाई प्रयोग गरि बनाइएका शैक्षिक,प्राविधिक तथा प्राकृतिक क्षेत्रका नमुना सामाग्रीहरु विद्यालय प्राङ्गणमा प्रदर्शन गरिएको हो । विद्यालयका प्रिन्सिपल गणेश क्षेत्री,नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल,विद्यालयका शिक्षक,विद्यार्थि तथा अभिभावकको उपस्थितिमा गरिएको सामाग्रीको प्रदर्शनी साँच्चिकै हेर्न लायक देखिएको थियो । विद्यार्थिहरुले आफ्नो पहुँचमा रहेका कच्चा सामाग्रीको सहायतामा सौर्य प्लान्ट,चापाकल,रकेट,जेसिभि,घर,गार्डेन,ज्वालामुखी बिस्फोटको नमुनाचित्र,मिक्सचर,घडि,टेलिफोन,हवाइजहाज जस्ता उपकरणहरु बनाएका थिए । यस्तै कक्षा ८ का विद्यार्थिहरुले पाठ्क्रमको बिषय अन्तरगत फुड फेस्टिवल समेत मनाएका छन् ।

 गौरीशंकर इङ्गिलस बोर्डिङ्ग स्कुल

आवस्यक खाद्य सामाग्री तथा पकाउन आवस्यक पर्ने भाँडावर्तन समेत आफै जुटाएर बनाएका मो.मो.,समोसा,रोटी,पानीपुरी,जेरी र चिया जस्ता खानाका परिकारहरुको दृश्यपनि मनमोहक देखिएको थियो । 

यसरी प्रदर्शनीमा ल्याइएका खाद्य परिकार तथा अन्य सामाग्री बनाउने मध्येबाट उत्कृष्ट हुने विद्यार्थि र समुहलाई पुरस्कृत गरिने शिक्षक शिव वेल्वासेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्