"मिसन ग्रासरूट अभियान सम्पन्न हुँदै " गाउँ गाउँ र टाेल टाेलमा पुग्दै एमाले

| २०७९ फागुन १८ गते १८: ४३ मा प्रकाशित

हिम लेकाली 
फाल्गुन १८ अर्घाखाँची - नेकपा एमालेलेद्वारा देश भरि सन्चालन गरिएकाे  मिसन ग्रासरूट अभियान अन्तर्गत सन्धिखर्क नगरपालिका वडा नं. २ काे वडा स्तरीय अभिमुखिकरण कार्यक्रम  बिहिवार सम्पन्न भएको छ । 

नेकपा (एमाले) सन्धिखर्क २ नं. वडा कमिटी द्वारा सन्धिखर्ककाे मदन अाश्रीत स्मृति भवनमा कार्यक्रम सम्पन्न भएको  हाे । 

मिसन ग्रास रूट ( पार्टी सुदृढीकरण तथा विस्तार ) अभियान अभिमुखिकरण कार्यक्रम मा मन्तब्य राख्दै प्रमुख अतिथि प्रदेश कमिटी सदस्य मालारानी गाउँपालिका अध्यक्ष दल वहादुर भट्टराईले ले पार्टीलाई जन स्तर सम्म पुर्याउन ,बलियाे गरि  पार्टी संगठन स्थापित गर्न र भाेलि श्रेष्ठता हासिल गर्न काे निम्ति याे अभियान सुरू गरिएको  बताउनु भयाे । विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले अभियान  सफल बनाउन केन्द्र प्रदेश र जिल्ला तहका नेताहरू समेत ग्रासरूट मा अाएकाे बताउँदै याे अभियानले नेता कार्यकर्ताकाे सम्बन्ध प्रगाढ बनाउँदै पार्टी संगठन बलियाे  बनाउने बताउनु भयाे ।

वडा कमिटी अध्यक्ष क. नारायण बहादुर खड्काकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा   जिल्ला कमिटी उपाध्यक्ष ईश्वरा पाेख्रेल , जिल्ला कमिटी सदस्य नगर ईन्चार्ज युवराज श्रेष्ठले समेत मन्तब्य राख्नु भएको  थियाे। कार्यक्रममा    जिल्ला कमिटी सदस्य कमल भट्टराई   ,धुर्व के.सि. कमला खनाल भण्डारी ,शुष्मा श्रेष्ठ , जेष्ठ कम्युनिस्ट मन्च सदस्य लालमणि भुसाल ,  जिल्ला  सल्लाहकार  कृष्णप्रसाद पाेख्रेल , श्याम बहादुर भुसाल पुष्पा भुसाल ,राम बहादुर रायमाझी ,क्षेत्रीय कमिटी सदस्य  नेता भुसाल ,रिटर्निङ्ग फेडेरेशन केन्द्रीय सह काेषाध्यक्ष  वसन्त के.सि ,   अनेमसंघ नगर अध्यक्ष पार्वता भुसाल  , उपाध्यक्ष  पार्वता श्रेष्ठ., सन्धिखर्क वडा नं. २ अन्तर्गतका पालिका कमिटीका सदस्यहरू लगायत वडा कमिटीका सदस्यहरू, टाेल कमिटीका पदाधिकारी, वडा स्तरका जनसंगठनका पदाधिकारीहरूकाे  समेत सहभागिता रहेकाे थियाे ।  कार्यक्रममा प्रदेश ,जिल्ला र नगर कमिटीका परिपत्रहरू वाचन गरिएकाे  थियाे । कार्यक्रमकाे कार्ययाेजना बिषयमा नगर अध्यक्ष श्रीकृष्ण भुसालले प्रकाश पार्नु भएको  थियाे भने टाेल स्तरकाे कार्य याेजना अध्यक्ष नारायण खड्काले प्रस्तुत गर्नु भएको   थियाे ।   वडाले टाेल स्तरको याेजना निर्माण सहित अभियान संचालनकाे महत्त्वपूर्ण याेजना तय गरेकाे छ । कार्यक्रमकाे सन्चालन   वडा कमिटी सचिव पदम प्रसाद भुसाल  र स्वागत वडा कमिटी उपसचिव पवित्रा सापकाेटाले गर्नुभएको थियाे ।

याे ग्रासरूट अभियान  फाल्गुन ५ देखि  बैशाख ५ गते सम्म  २ महिना  देश भर सन्चालन गरिएको  छ ।  भने अर्घाखाँची जिल्लामा पनि प्रत्येक पालिकाहरूमा दैनिक  यसैगरि अभियान सन्चालन भै रहेका छन् याे अभियानमा पार्टी बिस्तार र सुदृढीकरण का कामहरू हुने भएका छन्  जस्मा  पालिका स्तरिय प्रशिक्षण भेला  तथा अन्तरकृया  कार्यक्रम , संघ संस्था  नागरिक समाज सदस्य बिच अन्तरकृया  एवं अभिनन्दन  ,  पार्टी र जन प्रतिनिधि माझ अन्तरकृया  एवं टाेल टाेलमा पुगेर  जनसंगठन  निर्माण ,  पार्टी सदस्यता बितरण ,सुझाव संकलन , याेजना निर्माण    जस्ता कार्यहरू  गरिने बताईएकाे छ ।

प्रतिक्रिया दिनुहोस्