जेष्ठ नागरिक समाज अर्घाखाँचीद्वारा ८९ बर्ष माथिका वृद्ध वृद्धाहरु लाई सम्मान

| २०७९ फागुन २० गते १२: ४५ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। जेष्ठ नागरिक समाज नेपाल जिल्ला कार्य समिति अर्घाखाँचीले ८९ बर्ष माथिका जेष्ठ नागरिक सम्मान तथा नागरिक समाज नेपाल जिल्ला कार्य समिति अर्घाखाँचीको दोश्रो जिल्ला अधिबेशन बाट निर्बाचित पदाधिकारी हरुलाइ प्रमाणपत्र बितरण एबम प्रत्येक महिना एकादशीको महिमा मा बाचन गर्ने पन्डित तथा हरिकृतन गर्ने भजनेहरु लाई सम्मान गरेको छ।

पन्डित तथा हरिकृतन गर्ने भजनेहरु लाई सम्मान 

प्रतिनिधि सभाका सदस्य बिजुला रायमाझीको प्रमुख आतिथ्यमा सम्पन्न सम्मान कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी मिना अर्याल , सन्धिखर्क नगरपालिका वडा न.१ का वडा अध्यक्ष माधब श्रेष्ठ , सन्धिखर्क नगरपालिका वडा न.३ का निबर्तमान अध्यक्ष लिलाराम गौतम ,समाजका केन्द्रिय अध्यक्ष चन्द्रकान्त आचार्य , उपाध्यक्ष श्रीराम पौडेल , कोषाअध्यक्ष प्रभा पौडेल , अधिबेशनका निर्बाचन अधिकृत ज्ञानराज न्यौपाने ,जिल्ला कोषाअध्यक्ष चेतनारायण भन्डारी,सहसचीव बुद्धि गैरे,लगायतको उपस्थित रहेको थियो ।

 ८९ बर्ष माथिका जेष्ठ नागरिक सम्मान

शुक्रबार सन्धिखर्कको शान्ति बगैंचा स्थित १०८ पन्चायन मन्दिरको  सभा हलमा आयोजित कार्यक्रममा जेष्ठ नागरिक,कथा बाचन  गर्ने पन्डित , हरिकृतन गर्ने भजनेहरु लाई दोसल्ला तथा नगद बाट सम्मान गर्नुका साथै दोश्रो अधिबेशन बाट निर्बाचित पदाधिकारी तथा सदस्यहरु लाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
 

जेष्ठ नागरिक,कथा बाचन  गर्ने पन्डित , हरिकृतन गर्ने भजनेहरु लाई दोसल्ला तथा नगद बाट सम्मान

समाजले भजन कृतन कर्म कार्य  नियमित गर्ने लक्ष्य भएतापनि आर्थिक अभावको कारण एकादशिका दिन मात्रै गर्ने गरेको  समाजका कोषाअध्यक्ष चेतनारायण भन्डारीले बताउनु भएको छ।
 
 कार्यक्रम समाजका जिल्ला अध्यक्ष गिरिराज भुसालको अध्यक्षता समाजका उपाध्यक्ष लीलामणि ढुङानाको स्वागत मन्तव्य तथा समाजका सचीव हरि दमासेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्