प्रहरी निरिक्षक अर्जुन पौडेलको फेरि भेटौला तथा सम्मान कार्यक्रम सम्पन्न

| २०७९ फागुन २० गते १२: ५३ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। 
२० फागुन - सन्धिखर्क नगरपालिकाको आयोजनामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट सरुवा भएर जान लाग्नु भएका प्रहरी निरिक्षक अर्जुन पौडेलको फोरि भेटौला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । 

करिब ११ महिना जिल्ला प्रहरी कार्यालयमा रही जिल्लाको शान्ती सुरक्षा र समग्र विषयमा उल्लेख्य भुमिका निर्बाह गरेको भन्दै नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले टिका, खादा तथा मायाको चीनो प्रदान गरेर समान गर्नु भएको हो । 

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका राजस्व शाखा प्रमुख मुक्तिराम खनाल, सब इन्जिनीयर नारायण पोख्रेल, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्