नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीको सभापतिमा कुसाल भुसाल

| २०७९ फागुन २० गते १९: ४६ मा प्रकाशित

सागर परियार,अर्घाखाँची । नेपाल रेडक्रस  सोसाइटी जिल्ला शाखा अर्घाखाँचीको ३१ औं  साधारण  सभा तथा अधिबेशन सम्पन्न भएको छ ।

सनिवार सन्धिखर्कको साथी होटेलको सभाहलमा भएको कार्यक्रमका प्रमुख अतिथी पुर्व उपप्रधान तथा उर्जा मन्त्री माननीय टोप बहादुर रायमाझीले कार्यक्रमको उद्घाटन गर्दै  रेड्क्रस जस्तो अन्तर्राष्ट्रिय सेवामुखी सामाजिक सस्थाले गर्ने गरेका हरेक कार्य सराहनीय रहेको बताउनु भएको छ । 

विभिन्न प्रकृतिक प्रोकोपहरुमा पनि जन्ताहरुमा पहिएले ने राहतका समाग्री लिएर पुग्ने गरेको र यस काममा आफू सधै साथमा हुने भन्दै आगामी दिनहरु पनि यस कार्यलाई अझै ससक्त रुपमा अगाडि  बडाउन समेत सुभकाना दिनु भयो ।  कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिजुला रायमाझी , प्रदेस सभा सदस्य रामजी प्रसाद घिमिरे, जिल्ला समन्वय समितीका प्रमुख जीव नारायण कोईराला,  सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ , भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झबिलाल थापा, मालारानी  गाउपालिकाका अध्यक्ष दल बहादुर भट्टराई , प्रमुख जिल्ल्ला अधिकारि मिना अर्याल, शिक्षा  बिकास तथा समन्वय इकाईका प्रमुख मनिराम पराजुली,रेड्क्रस गुल्मिसभापती राजेन्द्र प्रसाद श्रेष्ठ लगायतले सुभकामना मन्तब्य दिनुभएको थियो । जिल्ला स्थित सुरक्षा निकायका प्रमुख , सरकारि तथा गैरसरकारी संघ सस्थाहरुका प्रमुखहरुको पनि उक्त कार्यक्रम उपस्थिती रहेको थियो । सस्थाको साङ्गाठानिक प्रतिबेदन मन्त्री चन्द्र बन्जाडे र आर्थिक प्रतिबेदन कोषध्यक्ष तुल्सीराम पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम सस्थाका सभापति कुशल भुसालको अध्यक्षता र  कैलास श्रेष्ठको सन्चालनमा सम्पन्न भएको थियो । साथै अधिवेशनले कुसल भुसाल सभापति रहेको नयाँ नेतृत्व चयन गरेको छ । जस्मा महिला उपसभापति प्रभा पाण्डे पोखरेल,उपसभापति चन्द्र प्रसाद बन्जाडे,मन्त्री तुल्सिराम पौडेल कोषाध्यक्ष हरि बहादुर के. सि.,उपमन्त्री नवराज रायमाझी, सदस्य शंभु प्रसाद पोखरेल ,छमा कार्की ,शारदा खनाल बि. क.,अम्बिका बेल्बासे श्रेष्ठ ,बसन्ता जि. सि.,बिष्णु प्रसाद पराजुली ,रुद्रलाल चुँदाली ,रुद्र प्रसाद पराजुली ,ज्ञान बहादुर बि. क., बाबुराम खड्का  निर्वाचित भएका हुन ।

प्रतिक्रिया दिनुहोस्