माओबादी केन्द्र निकट सहकारी तथा गरिबी निवारण बिभाग अर्घाखाँचीको भेला सम्पन्न

| २०७९ चैत ८ गते १९: २६ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। 
चैत्र -८ नेकपा ( माओबादी केन्द्र ) निकट सहकारी तथा गरिबी निवारण बिभाग अर्घाखाँचीको भेला सम्पन्न भएको छ।

 पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज ठाकुर कुमार बिकको अध्यक्षतामा  शुरु भेलामा जिल्ला संयोजक राजेन्द्र भुसाल सहकारी तथा गरिबी निवारण बिभागका केन्द्रिय सदस्य सन्दीप सापकोटा ,प्रदेश समिति सचीव टिकाराम पोख्रेल , जिल्ला स्थित विभिन्न सहकारी संस्थामा आबद्ध संचालक तथा अभियान्ता हरुको उपस्थित रहेको थियो ।

भेलाले  आसन्न चैत्र - २२ गते देखी हुन लागेको रास्ट्रिय भेलमा सहभागी हुने  प्रतिनिधि लगायतका बिषयमा निर्णय गर्ने जिम्मा पार्टी जिल्ला हेडक्याटर लाई दिने निर्णय गरेको छ  भेला सहकारी संचालक दोर्ण भुसालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्