अर्घाको मसुरेपाटामा ९० लाखको बजेटमा ऐतिहाँसिक सहिद स्मृति पार्क बन्ने: राज्य मन्त्री शुसिला सिर्पाली

| २०८० जेठ २८ गते १६: १६ मा प्रकाशित

रमेश थापा,अर्घा। अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर ९ को अर्घा मसुरेपाटामा ऐतिहाँसिक  सहिद स्मृति पार्क बन्ने भएको छ। 

आज सन्धिखर्क ९ को वडा कार्यालयले राखेको स्वागत तथा सम्मान कार्यक्रममा संस्कृति तथा पर्यटन नागरिक उड्यन राज्य मन्त्री शुसिला सिर्पालीले आफ्नो मतव्य राख्ने क्रममा अर्घा मसुरेपाटामा ९० लाखको ऐतिहाँसिक सहिद स्मृति पार्क बनाउँने घोषणा गर्नु भएको हो। 

सहिद स्मृति निर्माण का लागि नब्बे लाख रकम को योजना पार्न सफल भईसकेको जानकारी समेत दिनु भएको छ।उक्त सहिद स्मृतिमा सहिदहरु को नामावाली समेत राख्ने उहाँको भन्ने रहेको छ। मसुरेपाटामा पर्यटकहरु लाई आकर्षित गर्न को लागि सहिद स्मृति सहित बच्चा बच्चीहरु खेल्ने चिल्ड्रेन पार्क पनि निर्माण गर्ने बताउनु भएको छ। 

साथै सहिद स्मृति पार्क निर्माण गरे संगै सुपा देउराली मा आउने पर्यटन हरु लाई अर्घा भगवती मन्दिर मा ल्याउने अनि पर्यटकहरु मसुरेपाटा को पार्क मा घुमेर जान सक्ने बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्