घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीद्वारा अनुगमनमा तिब्रता

| २०८० जेठ ३२ गते १३: २४ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। 
जेष्ठ ३२- घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीको चालू आब.०७९/०८०को बाषिक स्वीकृत कार्यालय अनुसार बाणिज्य बजार अनुगमन तथा निरीक्षण कार्यक्रम अन्तरगत जिल्लाको पाणिनि गाउँपालिका वडा न.४ को निगाली देउराली क्षेत्रमा अनुगमन गरिएको छ अनुगमनको क्रममा केहि म्याद गुज्रिएको पिय पदार्थ तथा खाध्यन्न बस्तु हरुलाई नस्ट गर्नुका साथै पसल दर्ता तथा नवीकरण नगरेका हरु लाई सात दिन भित्र नबिकरण गर्न अनुरोध गरिएको थियो ।

बजार अनुगमन तथा निरीक्षण कार्यक्रम 

बुधबार  अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी मेधनाथ पाध्य , उधोग अधिकृत सन्तोष खनाल , खिदिम प्रहरी चौकीका स. प्र. नि राजेश कुमार कुर्मी , प्रहरी जबान गोखर दर्लामी,उ. बि.स अरुण कुमार सिंह , कार्यालय सहयोगी हरि प्रसाद खनाल तथा पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको उपस्थित रहेको थियो ।

बजार अनुगमन तथा निरीक्षण कार्यक्रम

 

प्रतिक्रिया दिनुहोस्