सन्धिखर्कको गुंटे खोलामा २० बर्षिया एक विवाहित महिला झु'ण्डि'एको अवस्थामा मृ'त फेला

| २०८० असार ३ गते २०: ५३ मा प्रकाशित

रबि पोख्रेल ,सन्धिखर्क। सन्धिखर्कको गुंटे खोलामा एक विवाहित महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन। 

मालारानी गाउँपालिका वडा नम्बर ४ चापापोखरी खन माईत भई सन्धिखर्क ११ को जोगी मारे घर हुने र हाल भाडाको कोठामा गुंटे खोला मा बसोबास गर्दै आईरहेकी २० बर्षिया बिन्दु बिक आज बिहान करिव ८ :४५ बजेको समयमा चुन्नीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। 

मृतक बिन्दु बिकका श्रीमान् रोजगारिको शिलशिलामा भारतमा रहेको बुझिएको छ। बिन्दु बिकको ११ महिना अघि मात्र विवाह भएको थियो। 

२० बर्षको कलिलो उमेरमा बिन्दु बिक ले किन  आत्महत्या गरिन भन्ने बिषयमा अझै केहि खुल्न नसकेको खबर प्राप्त भएको छ। 

घटनाको नेपाल प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ। घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको छ। 

प्रतिक्रिया दिनुहोस्