कांग्रेस सन्धिखर्क २ नम्बर वडाको प्रथम वडा सम्मेलन सम्पन्न

| २०८० असार ९ गते १८: ०७ मा प्रकाशित

अर्घाखाँची । नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका वडा नम्वर २ को प्रथम वडा सम्मेलन सम्पन्न भएको छ ।

नेपाली कांग्रेसको ६१ वडामा एकैपटक वडा सम्मेलन गर्ने निर्णय अनुसार  आज सन्धिखर्क  वडा नम्बर २ को  सम्मेलन सम्पन्न भएको हो ।  सबै अट्ने कांग्रेस सबैलाई जोड्ने कांग्रेसको मुल नारा सहित जिल्ला व्यापी रुपमा अभियान रहेको पार्टिले आज जिल्लाभर एकसाथ वार्ड सम्मेलनको आयोजना गरेको हो ।

हलिम खान 

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले कमल प्रसाद भुसालले पार्टी शुद्धिकरण हुन जरुरी रहेको र जनता संग नेपाली कांग्रेस प्रत्यक्ष जोडिएको  बताएका हुन भने महाधिवेशन प्रतिनिधि नन्दराम भट्टराई , सन्धिखर्क नगरपालिकाकी उपसभापति शान्ता पन्थी ,  पुर्व वडा पार्टी सभापति बिष्णु भुसाल , क्षेत्रीय प्रतिनिधि निरेन्द्र रायमाझी लगाएतले आफ्नो मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा जेष्ठ नागरिक , महिला संघ , भात्री संघसंस्थाका प्रतिनिधि लगाएत अन्य कृयाशिल सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 कार्यक्रम सन्धिखर्क वडा नं २ का पार्टि सभापती बिनय नेपालीको अध्यक्षता , क्षेत्रीय प्रतिनिधि हलिम खाँनको स्वागत मन्तव्य र नेता अशोक पौडेलको संचालनमा सम्पन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्