सन्धिखर्क नगरपालिका द्वारा धार्मिक तथा पर्यटकिय क्षेत्रको बजार अनुगमन (तस्विर सहित)

| २०८० असार १२ गते १९: ५४ मा प्रकाशित

अशोक खनाल,अर्घाखाँची। 
असार १२- सन्धिखर्क नगरपालिकाले आफ्नो पालिका अन्तरगत  वडा न. ६ स्थित पर्यटकिय क्षेत्र  नरपानी तथा वडा .-७को  धार्मिक क्षेत्र सुपादेउराली  मन्दिर आसपासको त्यहाँ रहेका होटल , पसल तथा उधोग ब्याबसायहरुको अनुगमन तथा निरीक्षण गरेको छ ।

पसल तथा उधोग ब्याबसायहरुको अनुगमन तथा निरीक्षण

मंगलबार अनुगमनको क्रममा ब्याबसायको दर्ता नवीकरण ,ब्याबसायिक लेखा न.,साइनबोर्ड मुल्यसुचि नापतौल बिलभरपाइ खाध्य अनुमती पत्र म्याद नाघे ननाघेको  जस्ता कार्यहरुको अनुगमन तथा निरीक्षण गरिएको थियो 

अनुगमन तथा निरीक्षण

अनुगमन तथा  निरीक्षणमा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्य , सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य , सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल ,वडा न-६ का वडा अध्यक्ष श्रीधर महत्रा , वडा न.७ का वडा अध्यक्ष चुरा बहादुर केसी .सन्धिखर्क नगरपालिकाका राजस्व शाखा प्रमुख अधिकृत मुक्तिराम खनाल ,ईलाका प्रहरी कार्यालय ठाडाका प्रमुख प्रहरी निरीक्षक होम नाथ रेग्मी नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतको उपस्थित रहेको थियो ।

होटल , पसल तथा उधोग ब्याबसायहरुको अनुगमन तथा निरीक्षण

प्रतिक्रिया दिनुहोस्