युएएनटिओ (UANTO)सन्धिखर्क नगर समितिद्वारा नयाँ पदस्थापना हुने शिक्षकहरूलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

| २०८० असार १६ गते २३: २० मा प्रकाशित

१६ असार, अर्घाखाँची । एकीकृत अखिल नेपाल शिक्षक संगठन सन्धिखर्क नगर समितिले आफ्नाे संगठनमा आवद्ध रहनु भएका नगर भित्र सरुवा भई आउने र नयाँ पदस्थापना भएर आउने शिक्षकहरुलाई स्वागत तथा सम्मान गरेका छ । 

स्वागत तथा सम्मान हुनुहुनेहरुमा नया पदस्थापना भएर आउनुभएका पुस्पा भाट,झग वहादुर थापा,सीता के.सि, विक्रम भुसाल,मित्रलाल के.सि , झरना पाैडेल र सरुवा भई दिपक पुन र विमला पाेखरेल लगायतलाई प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार वि.क, विशिष्ट अतिथि पार्टी प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयाेजक राजेन्द्र भुसाल, संगठनका केन्द्रीय उपाध्यक्ष एम वि पाण्डे, केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज माधवा भुसाल, जिल्ला अध्यक्ष युवराज भुसाल ले अविर तथा खादा लगायर सम्मान गर्नु भएकाे थियाे।

एकीकृत अखिल नेपाल शिक्षक संगठन

उक्त कार्यक्रममा नयाँ शिक्षकहरुलाई बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्ट(माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार वि.क ले हिजाेका पुराना राजनितीक दलहरुले सकारात्मक कार्य गर्न नसकेकाे हुदा नयाँ युवापिढिहरु विकल्पको खाेजिमा रहेकाे हुदा माओवादी केन्द्र रुपान्तरण सहितकाे पार्टी बन्ने प्रकृयामा रहेकाे हुदा याे यात्रामा एकीकृत अखिल नेपाल शिक्षक संगठन सहित सम्पुर्ण जवस माेर्चाहरुकाे ऐक्यबद्धता हुनु पर्ने बताउनु भएकाे थियाे । त्यसैगरी पार्टी ले थालेकाे भ्रष्टाचार न्युनिकरण अभियानमा हातेमाेलाे गर्दै आगामि निर्वाचनमा माओवादी केन्द्र पहिलाे बनाउन तर्फ लाग्नुहुनु अनुराेध गर्नु भएकाे थियाे । 

त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयाेजक राजेन्द्र भुसाल ले शिक्षकहरुकाे काम १० देखि ४ बजे सम्म ईमान्दारिताका साथ पढाउनु पर्ने र संगठनकाे सिर उच्च हुने गरि खाेजमुलक शिक्षामा लाग्न अनुराेध गर्दै सम्पुर्ण शिक्षकहरुलाई एकिकृ अखिल नेपाल शिक्षक संगठनमा आवद्ध गराउन सबैले पहल गर्नुपर्ने बताउनु भएकाे थियाे ।

लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयाेजक राजेन्द्र भुसाल

कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष एम वि पाण्डेले संगठनले थालेका महत्त्वपूर्ण विषयवस्तुहरु माथि प्रष्ट पार्दै   अर्घाखाँची जिल्लामा शिक्षकहरुकाे संगठनहरु मध्ये एकीकृत अखिल नेपाल शिक्षक संगठन अब्बल रहेकाे पनि बताउनु भएकाे थियाे । 
कार्यक्रममा संगठनका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज माधवा बन्जाडे, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सन्धिखर्क नगर समिति अध्यक्ष कृष्णहरि भुसाल, एकीकृत अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीका अध्यक्ष युवराज भुसाल लगायतले मन्तव्य राख्नु भएकाे थियाे । 

एकीकृत अखिल नेपाल शिक्षक संगठन!

कार्यक्रम एकीकृत शिक्षक संगठन सन्धिखर्क नगर समिति अध्यक्ष चिरञ्जीवी भुसालकाे अध्यक्षता तथा नगर समिति सचिव सुमन पाेखरेल काे संचालन र लक्ष्मि भुसालकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्