सन्धिखर्कका ६४ स्थानमा सीसी क्यामेरा: झण्डै एक दर्जन घटना पत्ता लागे

| २०८० असोज १२ गते १५: ४३ मा प्रकाशित

प्रेमनारायाण आचार्य ,सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगर भित्रका ६४ स्थानमा सिसी क्यामेरा जडान गरेको छ।  नगरपालिकाको कार्यालय वरिपरि, १२ वटै वडा कार्यालय, सन्धिखर्क र चुत्राबेसी बजारका मुख्य मुख्य चोक तथा गल्लीका साथै धार्मिक तथा पर्यटकीय स्थलमा सीसी क्यामेरा जडान गरेको नगरपालिकाका रोजगार शाखा संयोजक हिरामणी पराजुलीले बताए । 

नगरका विभिन्न स्थानमा हुने चोरी, डकैती, घटना, दुर्घटनामा कमी गर्न तथा घटना भैहालेमा  जानकारी लिन  तथा नगर र वडा कार्यालयमा सुशासन कायम गर्न सहजताका लागि नगरका विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरिएको नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । 

बजारका मुख्य चोक, गल्ली, सुरक्षा संवेदनशील क्षेत्र, सबै वडा कार्यालयका साथै धार्मिक तथा पर्यटकीय स्थलहरू सुपा देउराली मन्दिर,अर्घा भगवती मन्दिर, सिद्धेश्वर शिवालय र मथुराधाममा पनि क्यामेरा जडान गरिएको नगरपालिकाका सुचना प्रविधि अधिकृत विशाल महतले बताए । 

सीसी क्यामेरा जडानपछि  चोरी, डकैती तथा अन्य अपराधिक क्रियाकलापका झण्डै एक दर्जन घटना पत्ता लागेका छन्।  विभिन्न स्थानमा बुलेट क्यामेरा ४९ वटा, अटोमेटिक नम्वर पिलेट रिडर ( बलउच) क्यामेरा ६ वटा, पिटिजेट(उतश) क्यामेरा १० वटा जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्