नेपाल हृदय राेग प्रतिष्ठान अर्घाखाँचीकाे आयाेजनामा सन्धिखर्क ८ काे एक विद्यालयमा मुटु परिक्षण शिविर सम्पन्न

| २०८० असोज १२ गते १९: ४८ मा प्रकाशित

अर्जुन भुसाल ,सन्धिखर्क। नेपाल हृदय राेग प्रतिष्ठान अर्घाखाँचीकाे आयाेजनामा सन्धिखर्क ८ काे एक विद्यालयमा मुटु परिक्षण शिविर सम्पन्न भएकाे छ । विश्व मुटु दिवसको अवसर पारेर प्रतिष्ठानले लमलमेकाे जीवनज्याेति आधारभूत विद्यालयका विद्यार्थी र अभिभावकहरूकाे मुटु परिक्षण गरेकाे हाे । शिविरमा छाँया अस्पताल प्रालिले प्राविधिक सहयाेग गरेकाे थियाे । 

अस्पतालका मुटु राेग विशेषज्ञ डा प्रदीपजंग केसीले करिव ७० जना विद्यार्थी, अभिभावक,शिक्षक र अतिथिहरूकाे समेत मुटु जाँच गर्नुभयाे । कार्यक्रमकाे उद्घाटन शत्रमा बाेल्दै डा केसीले मुटु सम्बन्धी समस्या सबै उमेर, समूहका व्यक्तिहरूलाई हुने भन्दै खानपिनमा ध्यान दिन आग्रह गर्नुभयाे ।

मुटु परिक्षण शिविर

उहाँले माेटाेपनका कारण मुटुकाे समस्या धेरै देखिने हुँदा याेग तथा व्यायाम गर्ने बानीकाे विकास गर्न सुझाव दिनुभयाे । उहाँले बालबालिकाकाे घाटी दुख्दा वा टनसील बढ्दा मुटुमा असर पर्ने हुँदा समयमै उपचार गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका कार्यपालिका सदस्य लिला भुसाल, किमडाँडा स्वास्थ्य चाैकी ईन्चार्ज प्रकाश परियार, विद्यालयका प्रधानाध्यापक खेम जि.एम, पत्रकार अर्जुन भुसालले मन्तव्य राख्नुभयाे । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष कृष्ण भुसालको अध्यक्षता, सदस्य सुष्मा श्रेष्ठकाे स्वागत मन्तव्य र सचिव मेनुका पाैडेलकाे  सञ्चालनमा सम्पन्न भयाे । अध्यक्ष भुसालले  मुटु दिवस पारी प्रतिष्ठानले हरेक वर्ष शिविर तथा अन्य कार्यक्रमहरू गर्ने गरेकाे बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्