अर्घाखाँचीमा पर्यटन प्रवर्द्धन विशेष अभियान सञ्चालनका लागि अन्तरक्रिया सम्पन्न

| २०८० असोज १५ गते १४: १६ मा प्रकाशित

श्याम घिमिरे,सन्धिखर्क। अर्घाखाँचीमा पर्यटन प्रवर्द्धन  विशेष अभियान सञ्चालनका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा आइतवार सन्धिखर्कमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ता लगायत उपस्थित सरोकारवालाहरुले जिल्लामा पर्यटकिय क्षेत्रको प्रवर्द्धन ,बिकास र प्रचारप्रसारमा सबैको सहभागीता र सहयोग अपरीहार्य रहेको बताए । उनिहरुले पर्यटकीय क्षेत्रको पुर्बाधार बिकास संगै पर्यटकहरुकोलागी आबश्यक पर्ने सबै प्रकारको सुबिधाको व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा मनतब्य राख्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोइरालाले जिल्लामा पर्यटकिय क्षेत्रको प्रवद्र्धन र प्रचारप्रसारकालागी जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद र बिज्ञ सहितको सहभागीतामा वृहत कार्याशाला आवश्यकता रहेको भन्दै त्यो कार्य आफ्नै पहलमा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कोइरालाले कुरा मात्रै नगरेर काम गरेमा जिल्लालाई पर्यटकीय हिसाबले अगाडी बढाउन सकिने दाबि पनि गर्नुभयो ।

सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले पर्यटन  प्रवर्द्धनकोलागी  लगानि मैत्रि बाताबरणको  प्रवर्द्धन गर्नुपर्ने बताउनु भयो । श्रेष्ठले पुर्वाधार बिकास बिना पर्यटन बिकास सम्भव नभएको भन्दै पुर्वाधार बिकासमा जोड दिनुभयो ।

कार्यक्रममा शितगंगा नगरप्रमुख छबिलाल पौडेल,भुमिकास्थान नगरप्रमुख झबिलाल थापा,मालारानी गाउँपालीका अध्यक्ष दलबहादुर भट्टराई,छत्रदेव गाउँपालीका अध्यक्ष चन्द्रमान श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल,नेपाली काँग्रेस पार्टी सभापति केशब श्रेष्ठ,एमाले कार्यालय सचिव लिला बिक,नेकपा माओबादी केन्द्रका प्रदेश सदस्य रामलाल पराजुली,राट्रिय स्वतन्त्र पाटीका अध्यक्ष हरीप्रसाद भुसाल,नेकपा एसका सचिव युबराज पौडेल,राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसी,राप्रपा जिल्ला प्रबक्ता बिनोद आचार्य,अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप मिश्र,अर्घाखाँची चेम्वर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ,अर्घा भगवति मन्दीर व्यबस्थापन समितिका अध्यक्ष सरोज भुसाल,बल्कोट पौवा संरक्षण समितिका अध्यक्ष राजेश पंन्थी,पाणिनि तपोभुमि संरक्षण समितिका सचिब पुष्करराज पौडेल,नेपाल बैक लि.का झबिन्द्र अधिकारी,हिन्दुधर्म रक्षा परिषद्का केन्दीय अध्यक्ष नारायण प्रसाद खनाल,घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनाल,जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख भेषराज भुसाल,स्थानिय युवा व्यवसायी कृष्णप्रसाद भुसाल,नारायण भुसाल,होटल व्यवसायी समितिका अध्यक्ष खेतुलाल उपाध्य,अर्घाखाँची टेक्सी व्यवसायी समितिका अध्यक्ष महेन्द्र भुसाल,होटल व्यवसायी बाबुराम भुसाल, पत्रकारद्धय अर्जुन भुसाल, रिषीराम भुसाललगायतले मनतव्य राख्दै जिल्लालाई पर्यटकिय क्षेत्रको रुपमा बिकसित गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

अर्घाखाँचीमा पर्यटन प्रवर्द्धन

नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालको अध्यक्षता र सचिव बिनोद गैरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहसचिव हृदय कुमार भुसालले स्वागत मनतव्य संगै अबधारणापत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधि,बिभिन्न राजनितिक दलका प्रतिनिधि,राष्ट्रसेबक कर्मचारी,सुरक्षा निकायका प्रमुख,यातायात व्यवसायी,उद्योगी व्यवसाथी,बिभिन्न सामाजकि संघसंस्थाका प्रतिनिधि,सञ्चारकर्मीलगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्