शान्ती माबि आरुखोरको बसले निजि बिद्यालयको बिद्यार्थी बोक्न छाड्यो : बिहान ११ बजे सम्म बाटोमै प्रतीक्षा गरेको देखियो बिद्यार्थी

| २०८० असोज १८ गते १२: ३८ मा प्रकाशित
केशब पन्थी संवाददाता

केशब पन्थी ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ५ मा अबास्थित शान्ती माबिको विद्यालयको बसले सन्धिखर्क नगरपालिकाको बिहारमा रहेको ग्यालेक्सी बोडिङ स्कुलको बिद्यार्थी बोक्न छाडेको छ ।

आज अर्घाखाँची बुलेटिनले स्थलगत  रिपोर्टिङको लागी प्रमाण सङ्कलन  गरेको छ ।उक्त बसको गतिविधि क्यामरामा कैद भएको देखेपछि आरुखोरबाट टारी सम्म अर्थात १ किलोमिटर अगाडि बढेको बस पुनः फर्किएर स्कुल नजिक रहेको स्वास्थ चौकिको खाली स्थानमा  राखिएको छ ।

 तत्काललाइ उक्त बसले निजि बिद्यालयका बिद्यार्थी  बोक्न छाडेको छ । उक्त बस चढेर बिहारमा रहेको बोडिङ स्कुलमा जान तयारी अबस्थामा रहेका बिद्यार्थी बिहान ११ बजे सम्म बाटोमै प्रतीक्षा गरेको देखिएको छ । 

स्थलगत रिपोर्टिङ पछि फर्कने क्रममा बिहान ११ बजे ग्यालेक्सी बोडिङ स्कुलको आफ्नै बस बिद्यार्थी लिन टारी तर्फ लागेको छ । किन आज बाट निजि स्कुलका बिद्यार्थी बोक्न छाड्यो ? किन निजि बिद्यालयका बिद्यार्थी बोक्न दिइयो ? यि र यस्तै प्रश्नको उत्तर सहितको विशेष कुराकानि छिटै प्रस्तुत गर्ने छौ ।

प्रतिक्रिया दिनुहोस्