७ बर्षिय बिद्यार्थी छ्तबाट नभइ सिढिबाट लडेको बिद्यालयको प्रतिक्रिया 

| २०८० असोज २९ गते १४: ०३ मा प्रकाशित

केशब पन्थी ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका २ मा रहेको    सन्धिखर्क ग्रीन इङलिस बोडिङ स्कुलले  सिढिबाट बच्चा लडेको बताएको  छ ।

छत बाट खसेर एक जना बिद्यार्थी गम्भीर घाइते भएको प्रहरीले बताए पनि उक्त स्कुलले छत नभइ ७ फिट माथिको सिढिबाट लडेका जनाएको छ।

अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा नम्बर २ का श्याम खनालको छोरा ७ बर्षिय अनमोल खनाल बिहान ९:४५ बजे लडेका थिए। 

उनी यु के जि मा अध्ययनरत बिद्यार्थी हुन । उपचारको लागि जिल्ला अस्पतालले बुटवल रिफर गरेको छ ।उनको अबस्था गम्भीर रहेको अस्पाताल श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्