एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी अर्घाखाँचीको सातौँ पूर्ण बैठक सम्पन्न (तस्विर सहित)

| २०८० कार्तिक १ गते १८: १६ मा प्रकाशित

अर्घाखाँची। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) जिल्ला कमिटी अर्घाखाँचीको सातौ पूर्ण बैठक विभिन्न महत्त्वपूर्ण निर्णयका साथ सन्धिखर्कमा सम्पन्न भएको छ। 

पार्टी जिल्ला कमिटीका अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता , पार्टी केन्द्रीय कमिटीका सचिब , लुम्बिनी  प्रदेश इन्चार्ज एवं  पूर्व  कृषि मन्त्री हरि पराजुलीको प्रमुख आतिथ्यता , पार्टी केन्द्रीय सदस्य तथा अर्घाखाँची इन्चार्ज पिताम्बर सारु र पार्टी  लुम्बिनी प्रदेश सचिवालय सदस्य तारापती भट्टराईको आतिथ्यतामा सम्पन्न बैठकले अध्यक्ष राम बहादुर चौहानद्वारा बैठक समक्ष प्रस्तुत आगामी राजनीतिक , साङ्गठानिक तथा आर्थिक कार्ययोजनालाई सर्वसम्मत रुपमा पारित गरेको थियो। 

 जिल्ला कमिटी अर्घाखाँचीको सातौ पूर्ण बैठक 


 बैठकले पार्टीको तर्फबाट जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रको अनुगमन गर्ने  जिम्मेवारी अध्यक्ष राम बहादुर चौहानलाई प्रदान गरेको छ, भने अनेरास्ववियू जिल्ला इन्चार्जको जिम्मेवारी नारायण शर्मा र युवा संघ , नेपालको  जिल्ला इन्चार्जको जिम्मेवारी पुष्पा भाटलाई प्रदान गरेको छ ।
 
बैठकमा अर्घाखाँची जिल्लास्थित ६ वटै पालिका कमिटीका अध्यक्ष / इन्चार्ज लगायतले आ - आफ्नो पालिकाको राजनीतिक एवं  साङ्गठानिक प्रतिवेदन  प्रस्तुत गर्नुभएको थियो । 

बैठकमा अर्घाखाँची जिल्लास्थित ६ वटै पालिका कमिटीका अध्यक्ष / इन्चार्ज 

जिल्ला कमिटीका उपाध्यक्ष सुमित्रा मुखियाको स्वागत मन्तव्य र सचिब युवराज पौडेलको संचालनमा सम्पन्न बैठकले महान पर्वहरु विजया दशमी , शुभ दिपावली , छ्ठ र नेपाल संवतको अवसरमा स्वदेश तथा  विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा , दिदीबहिनी एवं दाजुभाइहरुमा हार्दिक  शुभकामना समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्