अर्घाखाँचीको सन्धिखर्कमा नयाँ शैलीको व्यापार गर्दै सीता शर्मा के.सि: एक कल फोनमा तुरुन्तै तपाईं भएको ठाउँमा चिया आउँने

| २०८० कार्तिक २ गते १३: ५३ मा प्रकाशित

जनक बस्याल ,सन्धिखर्क। हजुर कामको व्यस्ततामा हुनुहुन्छ? चिया खान मन लाग्यो? सेतो,रातो, लेमन टी कस्तो खाने हो? एक कल फोनको भरमा तुरुन्तै तपाईं भएको ठाउँमा चिया आउने छ।बिरेन्द्रनगर नगरपालिका-११,पिप्रा कि २६ वर्षीय सीता शर्माले केहिसमय अगाडिबाट सन्धिखर्कमा यो व्यापार शुरु गर्नुभएको हो। 

छोटो कपाल काटेकी शर्मा झ्वाट्टहेर्दा केटाजस्तै देखिने उनी व्यापारमा उत्साहित देखिन्छिन।हातमा चिया राखेको थर्मस र गिलास बोकेकी सिताले चियाकालागी फोन आउदा बित्तिकै सम्बन्धित ठाउँमा गएर चियाको तुलबुल मेटाउछिन।

 चियाको व्यापार भर्खर शुरु गरेकाले यसको माग बिस्तारै बढ्दै गएको छ।टिकट काउन्टर विभिन्न कार्यक्रम र पसलमा बस्ने व्यापारीकोमा चियाको माग बढिहुने गर्दछ।हाल उनी दैनिक करीव १०० कप चिया बेच्ने गरेकी छन।

चियाको मूल्य प्रतिकप सेतोको रु २५,कागती चियाको रु २० र रातो कागतिबिनाको रु१५ रहेको छ।तपाई हामी सबैले यो सुबिधा लिएर आफुलाई सहज र उनिलाई प्रोत्साहन गरौ।चियाको लागि सिताको सम्पर्क नम्बर- 9766839383 रहेको छ।

प्रतिक्रिया दिनुहोस्