म्यालपाेखरी ब्यारेक क्षेत्रमा भाेलि फायरिङ हुने बिहान ३ बजेदेखि ६ बजेसम्म हिडडुल नगर्न सर्वसाधारणलाई आग्रह

| २०८० कार्तिक ८ गते २२: ५१ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। अर्घाखाँचीकाे सन्धिखर्कमा रहेको इश्वरी बक्स गुल्मद्वारा भाेलि बिहिवार  बिहान  आर्मी ब्यारेककाे हाताभित्र तालिमको सिलसिलामा हवाई फायरिङ गर्ने भएको छ ।

सन्धिखर्क नगरपालिका १ र ३ काे सिमाना डम्पिङ साइड देखि माथि म्यालपाेखरी भन्दा तल, पटुवाथुम क्षेत्रमा भाेलि बिहान ३ बजेदेखि ६ बजे सम्म हिडडुल नगर्न तथा बाहिर ननिस्कन   सर्वसाधारणलाई नेपाली सेनाले  आग्रह गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्