सन्धिखर्कको ईश्वरीबक्स गुल्ममा स्वास्थ्य प्रवर्द्बनका लागि योग, ध्यान कार्यक्रम सञ्चालन

| २०८० मंसिर २५ गते २१: ३९ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। अर्घाखाँचीस्थित सन्धिखर्क न.पा. १ ईश्वरीबक्स गुल्ममा मानसिक स्वास्थ्य सेवा पवर्द्बनका लागि आजबाट योग, ध्यान कार्यक्रम सुरु भएको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्र अर्घाखाँचीको आयोजना तथा ईश्वरीबक्स गुल्म सन्धिखर्क अर्घाखाँचीको सहयोगमा नागरिकहरुको स्वस्थ्य चेतना र स्वस्थ व्यवहार पालना सम्बन्धी चेतना अभिवृद्बि गराई योग ध्यान मार्फत मानसिक स्वास्थ्य प्रवर्द्धन गराउने उदेश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । सो कार्यक्रम बिहीबारसम्म सञ्चालन हुने छ ।

योग शिक्षाले ब्यक्तिको Cognitive and Psychomotor function मा सकारात्मक प्रभाव पारेको विभिन्न अनुसन्धानबाट पुष्टि भएका छन् । विश्व परिवेशमा बदलिदो जीवनशैली, रहन सहन तथा खानपानका कारण नसर्ने रोग विशेष गरी मानसिक स्वास्थ्य सम्बन्धि जोखिम बढेको छ। नेपालमा गरिएका नसर्ने रोग सम्बन्धी अध्ययनको नतिजाले समेत नसर्ने रोगको जोखिमदर बढेको पाईएको छ।

 योग ध्यान ,स्वस्थ खानपान, आनी बानी र व्यवहारको परिपालन गर्नाले स्वास्थ्यको प्रवर्धन भई समुदाय स्तरबाट मानसिक रोगको रोकथाम र नियन्त्रण गर्न प्रभावकारी हुन्छ। घर, परिवार र समुदायमा स्वस्थ खानपान आनी बानी र व्यवहारको परिपालन गर्नाले सर्ने र नसर्ने रोग दुवैको समुदायस्तरबाट रोकथाम र नियन्त्रण गर्न प्रभावकारी हुन्छ। योग तथा ध्यान विधीको समुचित उपयोगद्बारा नागरिकको स्वास्थ्य रक्षा र प्रवर्द्धनका लागि सहयोग मिल्छ ।

प्रतिक्रिया दिनुहोस्