जिल्ला सहकारी संघ लिमिटेड अर्घाखाँचीको ११ औँ साधारण सभा सन्धिखर्कमा सम्पन्न

| २०८० मंसिर २६ गते २१: ३७ मा प्रकाशित

पूजा केसी ,सन्धिखर्क। जिल्ला सहकारी संघ लिमिटेड अर्घाखाँचीको ११ औँ साधारण सभा सन्धिखर्कमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दे जिल्ला समन्वय प्रमुख जिवनारायण कोईरालाले सहकारीले आर्थिक,समाजिक,साँस्कृतिक बिकासमा खेलेको भुमिका निकै महत्वपुर्ण भएको भन्दै सवैले सहकारीका मुल्य,मान्यता र सिद्धान्तलाई आत्म साथ गरि अगाडी बढ्नु पर्ने बताउनु भयो  ।

जिल्ला समन्वय प्रमुख कोईराला भने, सहकारी कर्म आफैमा पबित्र कर्म हो,‘सहकारीका एक थर सदस्यका कारण सहकारीलाई बद्नाम गराउन खोजेका छन्,ऋण लिन र नेता बन्न मात्र सहकारीमा आवद्ध हुन खोज्ने प्रबृतीको अन्त्य गर्नुपछ,सवै सरोकारवाला पक्षले यसमा बिशेष ध्यान दिनुपर्ने बेला आएको छ,अर्घाखाँची जिल्लामा पनि पछिल्लो समय सहकारीका बिभिन्न समस्या हरु आएका छन्,सवैलाई सहकारी कर्ममा स्वच्छ,स्वस्थ र सामाजिक उतरदायित्व गर्न आबश्यक छ’।

साधारण सभाका बिषेश अथिती एवम सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्यले सामुहिक भावनाका साथ संचालन तथा स्थापना भएका सहकारीहरुले बिधीमा सहकारी संस्थाहरु संचालन गर्नुपर्ने बताउनु भयो  ।उप्रमुख आचार्यले भनिन,‘सहकारीलाई अभियानकै रुपमा अगाडी बढाउनु पर्छ,सहकारी संस्थाहरुको संस्थागत बिकास,थप ज्ञान सिपको बिकास गर्न जरुरी छ’ ।

साधारण सभामा जिल्ला सहकारी संघ अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसाले बार्षिक प्रतिबेदन पेश गर्दे जिल्ला सहकारीले एक बर्षमा गरको काम र आगामी कार्ययोजनाहरु प्रस्तुत गर्नु भएको थियो  ।जिल्ला सहकारी संघका अध्यक्ष भुसालले आगामी दिनमा सहकारी शिक्षा ज्ञान सिप र अनुभवलाई बिकास गर्न बिभिन्न चरणका कार्यक्रमहरु अगाडी बढाउनु पर्ने बताउनु भयो  ।

अध्यक्ष भुसाल भने,‘बिगतमा प्रयास गर्दा गर्दे पनि केही काम हरु गर्न सकेका छैनौँ, सवैको सहकार्यमा अव धेरै कामहरु गछौँ,यो बर्ष धेरै सहकारी कर्मीहरुलाई बिभिन्न तालिममा सहभागी बनाउन सफल भएका छौँ,तालिम परिणाममुखी भएका छन्,अब कार्यालय ब्यवस्थापन गरि,सरोकारवाला संग बिभिन्न चरणका कार्यक्रम, गर्ने योजना छ ,सहकारीका संम्भव हुने कार्यहरु एउटै प्रकृतीका बनाउने,निती र कार्यबिधीहरु निमार्ण गर्ने गरि अगाडी बढ्नेछौ’।

साधारण सभामा ऋण तथा बचत संघका प्रदेश सदस्य रुद्र श्रेष्ठ,जिल्ला ऋण तथा बचत संघका अध्यक्ष दोर्ण प्रसाद भुसाल,जिल्ला

कृषि सहकारी संघका अध्यक्ष लक्ष्मण कडेल,नेपाल पत्रकार महासंघका जिल्ला सहसचिब हृदय भुसालले साधारण सभा सफलताको शुभकामना मनतब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता,  साथै प्रगति प्रतिबेदन प्रस्तुत,रामजी मरासिनीको लेखापरिक्षण प्रतिबेदन,उपाध्यक्ष जानका बन्जाडेको संचालन र सचिब घनश्याम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्