सन्धिखर्क नगरपालिकामा सरसफाइ कार्यक्रम सम्पन्न

| २०८० पौष २१ गते १६: ५५ मा प्रकाशित

सन्धिखर्क। सन्धिखर्क बजारभित्र पर्ने बाँगी खोला, घोंचे खोला, त्रिवेणीधाम लगायत आसपासका क्षेत्रमा सरसफाइ गरिएको छ । सनिवार सन्धिखर्क नगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पत्रकार, राष्ट्र सेवक कर्मचारी, स्थानीय लगायतले सरसफाइ अभियान चलाएका हुन् । खोला फोहोर भएका कारण दुर्गन्ध फैलिएको, विभिन्न रोगहरु फैलिन सक्ने भन्दै सरसफाइ अभियान चलाइएको हो । 

सरसफाइ अभियान 

खोलामा फोहोर फाल्ने प्रबृत्ति गलत भएको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए । उनले फोहोर खोलामा नफाल्न स्थानीयलाई आग्रह समेत गरेका थिए । ’यहाँका खोलानाला तथा सार्वजनिक स्थल सफा राख्ने दायित्व हामी सबैको हो,’उनले भने ’फोहोर उठाउन नियमित नगरपालिकाबाट गाडी आउन्छ, गाडीमा राखौं, आँखा छलेर खोलामा फोहोर नफ्याकौं ।

सन्धिखर्क नगरपालिकाले खोलामा फोहोर फ्याक्नेलाई जरिवाना लगाउने भएको छ । नगरपालिकाले प्रत्येक दिन बजार क्षेत्रमा फोहोर उठाउन गाडी पठाउन्छ तर स्थानीयले फोहोर खोला तिर फ्याक्ने गरेको पनि पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्