स्टेसनरी व्यवसायी संघ अर्घाखाँचीकाे अधिवेशन सम्पन्न

| २०८० माघ १३ गते २१: ५८ मा प्रकाशित

 प्रेमनारायण ,आचार्य। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ अर्घाखाँचीकाे  छैठौं साधारणसभा तथा साताै जिल्ला अधिवेशन सम्पन्न भएको छ । 

अधिवेशनले प्रदिप भण्डारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समितिको गठन गरेको छ । जसको बरिस्ठ  उपाध्यक्षमा ताराप्रसाद घिमिरे, उपाध्यक्ष लेखनाथ भण्डारी, सचिव दामोदर बन्जाडे, सहसचिव लक्ष्मण खड्का, काेषाध्यक्ष विनाेद गैरे, सहकाेषाध्यक्ष रामु केसी रहेका छन् । जसको सदस्यमा जीवन श्रेष्ठ, इन्द्रमणि बन्जाडे, काशिराम गैरे र गरिमा पाेख्रेल रहेका छन् । लेखा समिति संयाेजकमा रामलाल भुसाल रहनु भएको छ ।
 
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघका केन्द्रीय सदस्य द्राेण प्रसाद भुसाल, प्रदेश सदस्य शिव कुवर, पुर्व जिल्ला अध्यक्ष नेत्रप्रसाद भुसाल, सिद्धिप्रसाद भुसाल लगायतले मन्तव्य राख्नु भएको थियोे । 

कार्यक्रम नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघका अध्यक्ष उमेश घिमिरेको अध्यक्षता, लेखनाथ भण्डारीको स्वागत मन्तव्य र प्रदिप भण्डारीको सञ्चालनमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्