नेकपा एमाले अर्घाखाँचीले आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

| २०८० माघ १८ गते १९: ०२ मा प्रकाशित

नवीन केसि ,सन्धिखर्क ।नेकपा एमाले अर्घाखाँचीले आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रिय , प्रदेश , जिल्ला तहमा रहेर प्रतिनिधित्व गर्ने १ सय ५० जनालाई प्रशिक्षण दिईको नेकपा एमाले अर्घाखाँचीले जानकारी दिएको छ । माध्यमिक तहको तीन दिनको कलास लिएका व्याक्तिहरुलाई पालिका स्तर , टोल स्तरमा पुगेर प्रशिक्षण दिनुपर्ने गरि जनशक्ति तयार पारिएको नेकपा एमाले लुम्बिनी प्रदेश स्कूल बिभावगका संयोजक लक्ष्मण ज्ञवालिलले बताउनु भयो । नेकपा एमाले अर्घाखाँचीले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रमको समापन गर्दै उहाँले  लुम्बिनी प्रदेशका सबै जिल्लामा तालिम सञ्चालन गरिने गरि तयारी गरिएको ज्ञवालिले बताउनु भयो । 

लामो समय पछि भएको प्रशिक्षणले नेता तथा कार्यक्रतामा उत्साह आएको नेकपा एमालेका केन्द्रिय सल्हाकार नरेन्द्र कुमार क्षेत्रीले बताउनु भयो । तालिमले भोक जगाएको र आव्यसक साम्रागीको खोजि गरि निरन्तर रुपमा क्रियशिल हुनु पर्ने क्षेत्रीले बताउनु भयो । नेकपा एमालेको स्कूल बिभागले प्रशिक्षण सञ्चालन गरेर नेता कार्यक्रतालाई उर्जा थप्ने कार्य गरेको नेकपा एमालेका केन्द्रिय सल्हाकार नजिर मियाँले बताउनु भयो ।

नेकपा एमाले अर्घाखाँचीले जिल्लामा माध्यमिक तहको स्कूल सञ्चालन गर्ने गरि तयारी गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालले बताउनु भयो । तीन दिनको तालिमका सहभागी भएका सहभागीलाई प्रमाणपत्रको व्यास्था गरिएको र नेकपा एमालेका जुन सुकै संगठनहरुमा उम्मेद्धवार बन्नको लागी आधारभुत प्रशिक्षण लिएको प्रमाण पेश गर्नुपर्ने व्यबस्था गरिएको नेकपा एमालेका जिल्ला सचिब तोजबहादुर रायमाझीले जानकारी दिनु भयो ।

 तीन दिन सम्म चलेको प्रशिक्षण कार्यक्रममा  नेकपा एमालेका उप महासचिब प्रदिप ज्ञवाली , सचिव पदमा अर्याल,  , पोलिटब्युरो सदस्यहरु ठाकुर गैैरे,  सूर्य थापा,   ईश्वरी रिजाल,  , केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली, ,चेतनारायण आचार्य, नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेल , पार्टी स्कुल बिभाग सचिव घनश्याम कोईराला,  पार्टी स्कुल बिभाग सदस्यहरु वाईपी आचार्य ,बद्री खनाल, ,रामशरण प्याकुरेल पार्टी  , लुम्बिनी प्रदेश कमिटी सदस्य फर्सुराम पाण्डे लगाएतले प्रशिक्षण दिनु भएको नेकपा एमालेका कार्यालय सचिब लिलबहादुर बि.कले जानकारी दिनु भयो । 

तालिममा सहभागी रिषीराम घिमिरे र बसन्ता पौड््ैलले सहभागीको तर्फबाट मन्तव्य राख्दै प्रशिक्षण उपलब्धीमूलक भएको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्