अर्घाखाँचीको कालीखोला सामुदायिकक बनमा स'डि'ग'ली छा'ला र ह'ड्डी मात्र रहेको बेवारिसे शव फेला

| २०७९ भदौ १० गते १६: ०० मा प्रकाशित

रबि पोख्रेल ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ११ कालीखोलाको सामुदायिकक बनमा एक पुरुषको वेवारिसे शव फेला परेको छ। 

भदौ ५ गते  बिहान अन्दाजी ०५:४५ बजेको समयमा कालीखोला स्थित गैडे सामुदायिक वनमा नामथर,वतन,उमेर खुल्न नआएको पुरुष व्यक्तिको कि'रा औ'सा परी स'डि'ग'ली छा'ला र हड्डी मात्र रहेको बेबारिसे मृतक शव फेला परेको हो। 

उक्त मृतक लाश नजिकै कालो,खैरो रंगको झोला, कालोमा सेतो धर्का भएको टोपी समेत फेला परेको प्रहरी स्रोतले जनाएको छ।  उक्त मृतकको शवलाई हाल जिल्ला अस्पताल अर्घाखाँचीको शवगृहमा सुरक्षित साथ राखिएको र हालसम्म पनि सनाखत हुन नसकेकोले उक्त मृतक लाशको पहिचान सम्बन्धमा निम्न हुलियाबाट सनाखत हुन आएमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा सम्पर्क राख्न अनुरोध गरिएको छ । 

सम्पर्क नं. -९८५७०६६५६३

प्रतिक्रिया दिनुहोस्