अर्घाखाँचीको सितापुर बजारमा बोलेरो दुर्घटना :दुर्घटनामा घर भत्कियो

| २०८० असार १४ गते ०१: ४८ मा प्रकाशित

झनक केसी ,सन्धिखर्क। कपिलवस्तुको चन्दौटा देखि मालारानी टुनि पोखरा आउदै गरेको लु ३ च ४१८५ नम्बरको डबल क्याप (बोलेरो) सितगङ्गा नगरपालिका २ सितापुर बजारमा राती १२ बजे राधा पान्डे भुषालको कच्ची घरमा ठोक्किर दुर्घटना भएको छ।

दुर्घटनामा घर भत्किएको छ। भने चालक सहित ३ जना सवार रहेका थिए मानबिय क्षेती भने भएको छैन। भत्किएको घरमा बिमला दर्नालको कपडा सिलाउने पसल चाप्पिएको छ।

 खबर प्राप्त हुने बित्तिकै ईप्रका ठाडालाई जानकारी गराई ड्राइभरलाई नियन्त्रमा राखिएको छ।

 दुर्घटना कसरी भयो भन्ने बिषयमा अनुसंधान भईरहेको खबर प्रात भएको छ।

प्रतिक्रिया दिनुहोस्