शितगंगामा तीन महिने सिलाई कटाई तालिम सम्पन्न(तस्विर सहित)

| २०८० असार १९ गते २३: ३४ मा प्रकाशित

झनक केसि,अर्घाखाँची। 
१९ असार - शितगंगा नगरपालिका वडा नं. ११ मा संचालित तीन महिने आधारभूत सिलाई कटाई तालिम सम्पन्न भएको छ ।

शितगंगा नगरपालिका वडा नं. ११ मा संचालित तीन महिने आधारभूत सिलाई कटाई तालिम सम्पन्न

आर्थिक बर्ष २०७९/ ०८० को गरीबी निवारणका लागि लघुउद्यम विकास (मेडपा) कार्यक्रम अन्तरगत सो तालिम संचालन गरीएको शितगंगा नगरपालिका उद्योग बिकाश शाखाका प्रमुख अजय यादबले जानकारि दिनु भएको छ। 

तीन महिने आधारभूत सिलाई कटाई तालिम सम्पन्न 

तालिम समापनमा बोल्दै शितगंगा नगरपालिका वाड न ११ का वाड अध्यक्ष नवराज भुषालले तिन महिना सम्म सिकेको सिपलाई जिवनमा लागु गर्न आग्रह गर्नुभयो ।

तीन महिने आधारभूत सिलाई कटाई तालिम सम्पन्न !!

मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने  अध्यक्ष भुषालले बताउनु भयो ।

शितगंगा नगरपालिका वडा नं. ११ मा संचालित तीन महिने आधारभूत सिलाई कटाई तालिम

स्थानियहरुको माग अनुसार तालिम दिएकाले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यवासायिक बन्न आग्रह गर्नुभयो । नगरपालिकाले आगमी दिनमा थप सिप विकासमा सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनु भयो ।

तीन महिने आधारभूत सिलाई कटाई तालिम 

कार्यक्रममा प्रशिक्षक बिष्नु कुमारी श्रेष्ठले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम प्रधान गरीएको बताउदै तालिमले महिला दिदिबहिनीहरुलाई स्वरोजगार, आत्म निर्भर बन्न र आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पुर्याउने श्रेष्ठले बताउनु भयो ।

तीन महिने आधारभूत सिलाई कटाई तालिम ..

तालिममा विभिन्न बच्चाका टोपि कपडा,पेटिकोट, भोटा,बाबुको भोटो,बेबि सुरुवाल,पेन्ट सुरुवाल,कुर्ता,मेड्डि,मेक्सी,सिम्पल पाइजामा जस्तै १५/१६ आइटम कटिङ्ग र सिलाईमा दक्ष भएको सहायक प्रशिक्षक शुशिला बिसिले जानाकारी दिनु भयो। 

 महिलाहरुलाई सिपमुलक तालिम

शितगङ्गा नगरपालिको आर्थिक सहयोगमा २०७९/०८० बजेटबाट महिलाहरुलाई सिपमुलक तालिम दिइएको हो । तालिममा १६ जना महिलाहरुको सहभागि थिए । सहभागि प्रत्येकलाई ७० % अनुदानमा एक एक थान सिलाई मेसिन समेत प्रदान गरीएको घरेलु उद्योग विकास शाखाका प्रमुख यादबले बताउनु भयो ।

शितगङ्गा नगरपालिको आर्थिक सहयोगमा २०७९/०८० बजेटबाट महिलाहरुलाई सिपमुलक तालिम दिइएको हो ।

कार्यक्रममा वडा नं. ११  का वडा अध्यक्ष नवराज भुषाल, अध्यक्षतामा र अतिथी वाड सदस्य मिना गाहा,जग्गा दाता,प्रशिक्षक  सुशिला बिसि,बिष्नु कुमारी श्रेष्ठ,विभिन्न संघ सस्थाका प्रतिनिधि,पत्रकार,परिक्षार्थीहरु लगाएतको आतिथ्यतामा भएको कार्यक्रमको संचालन घरेलु उद्योग बिकाश शाखाका प्रमुखले अजय यादबले गर्नु भएको थियो । कार्यक्रममा शुभकामना आदान प्रधान,तथा परिक्षार्थीहरुलाई प्रमाण पत्र र यातायात खर्च समेत आयोजकले दिएको थियो।

प्रतिक्रिया दिनुहोस्