CYC लघुबित्तले गर्यो मृतकको पुरै कर्जा मिनाहा,किरिया खर्च पनि दियो १२ हजार

| २०८० मंसिर २६ गते १७: १६ मा प्रकाशित

तेजेन्द्र समशेर पाण्डेय,छत्रगन्ज। CYC नेपाल लघुबित्त बित्तिय सस्था छत्रगन्जले दुर्घटना बाट निधन हुनुभयकि छत्रदेव गाउपालिका वडा नम्बर ५ छत्रगन्ज भिरकि सदस्य सेती ताम्राकारको ३ लाख कर्जा रकम छुट गरेको छ।

उहाले उक्त लघुबित्त बाट दुई पटक गरि ३ लाख रकम कर्जा लिनुभयको र ६६ हजार रकम बुझाइसक्नु भयको लघुबित्त छत्रगन्जका शाखा प्रमुख अजय जिसिले बताउनु भयो।

लघुबित्तले सदस्य ताम्राकारले बुझाउन बाकी करिब २ लाख ३४ हजार रकम तिर्न नपर्ने गरि छुट गरेको छ भने किस्ता बापत उहाँले बुझायको ६६ हजार रकम पनि आज उहाकै घरमा पुगेर छत्रदेव गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष बालकृष्ण पोख्रेल सहित केही स्थानियको उपस्थितिमा मृतकको परिवार लाई चेक मार्फत फिर्ता गरेको छ !

सो कर्जा रकम लघुबित्तको मृतक बिमा रकम कार्यक्रम अन्तरगत छुट गरियको लघुबित्तका शाखा प्रमुख जिसिले जानकारी गराउनु भयो ।

गत असोज १० गते घर नजिकैको पसल बाट सामान किनेर फर्कदै गर्दा उहाँ लाई मोटरसाइकलले ठक्कर दियको थियो ! मोटरसाइकल ठक्कर बाट घाइते हुनुभयकी ६१ बर्षे सेती ताम्राकारको उपचारको क्रममा असोज २२ गते भैरहवा मेडिकल कलेजमा निधन भयको थियो ।

उक्त ६६ हजार रकम सङ्गै बचत रकम ४२ हजार,किरिया खर्च रकम १२ हजार ५ सय समेत लघुबित्तले पिडित परिवार लाई बुझायको छ ।

मृतकको परिवारमा उहाका श्रीमान सङ्गै २ छोरा,१ बुहारी,२ छोरी र १ नातिनी गरि ७ जना सदस्य छन ।

रकमको चेक बुझि सकेपश्चात मृतककी छोरी मन्नु ताम्राकारले गाउमै खुलेको यो लघुबित्त बास्तबमै नजिकको सहयोगी बनेको आफू लाइ महसुस भयको बताउनु भयो ।

रकम फिर्ता कार्यक्रममा सहभागि वडा अध्यक्ष बालकृष्ण पोख्रेलले लघुबित्तले पिडित लाई पिडाको समयमा मलम लगाउने काम गरेको भन्दै लघुबित्तको टिम लाई धन्यवाद दिनुभयो। 

सो लघुबित्तको छत्रगन्ज शाखामा हाल १६५० जना सदस्य र ५ जना कर्मचारीहरु कार्यरत रहेको लघुबित्तका एक कर्मचारी केशव भुषालले हामी लाइ जानकारी गराउनु भयो। 

प्रतिक्रिया दिनुहोस्