छत्रदेब गाउँपालिका वडा न ७ र ८ मा पर्यटक प्रबर्द्धन सम्बन्धी वडास्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०८० पौष १९ गते २१: ०० मा प्रकाशित

सुजन न्याैपाने छत्रदेब।अर्घाखाँची जिल्लाको छत्रदेबगाउँपालिका वडा न ७ र ८ मा  पर्यटक प्रबर्द्धन सम्बन्धी वडास्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 

 विशेष अतिथी छत्रदेब ७ वर्तमान अध्यक्ष नारायण पाण्डे छत्रदेब वडा नं ८ का वडा अध्यक्ष भिष्म कुवरको प्रमुख आतिथ्यतामा गरिएको अन्तरक्रियामा वडाका प्रतिनिधि,विद्यालयका प्रतिनिधि,राजतिनी दलका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । छत्रदेब ७ को आकासदेवी मन्दिरलाइ वडाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको रुपमा छनोट गरिएको छ । साथै वडा कार्यलयले पत्रकार महासंघले गरेको यो महत्त्वपूर्ण कार्यक्रम सराहनिय मान्दै मन्दिरको प्रचारप्रसार र पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउन आग्रह गर्नु भएको छ ।

त्यस्तै छत्रदेब ८ अर्घातोष वडा कार्यलयमा  गरिएको कार्यक्रममा बोल्दै छत्रदेब ८ का युवा वडा अध्यक्ष भिष्म कुवरले पनि पर्यटन प्रबर्द्धन कार्यक्रममा सिंगो पत्रकार महासंघले महत्वपुर्ण भुमिका खेलेको र नयाँ तरिकाबाट पर्यटन पर्वद्दनमा जोड दिने कुरालाई प्राथमिकतामा राख्नुपर्ने भन्दै महासंघको यो कार्यलाई निकै प्रशसा गर्नुभएको छ । वडा न ८ मा रहेको अर्घातोस कालिका देवि मन्दिरलाइ वडाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको रुपमा छनोट गरिएको छ । त्यस्तै कार्यक्रममा नेपाल प्रेस युनियन अर्घाखाँचीका जिल्ला कार्यसमिति सदस्य सुजन न्याैपाने र प्रेस सेन्टर अर्घाखाँचीका सदस्य दिपेन्द्र श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

 कार्यक्रममा नेपाल पत्रकार महासंघ  जिल्ला कार्यसमिति अर्घाखाँचीका सचिब बिनोद गैरेको  अध्यक्षता र बिषयबस्तुमाथी प्रकाश पार्दै कार्यक्रम पत्रकार नबिन पाण्डेले सञ्चालन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्