अर्घाखाँची मा आज देखि १३ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

| २०८० माघ १४ गते १८: ४७ मा प्रकाशित

पूजा केसि ,अर्घाखाँची । अर्घाखाँचीमा १३ औँ  जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज देखि  सुरु भएको छ । जिल्ला खेलकुद बिकास समिती अर्घाखाँचीको आयोजनामा सन्धिखर्क टुडिखेल खेलमैदानमा आज देखि जिल्लास्तरका प्रतियोगिताहरु सुरु भएका हुन् ।

प्रतियोगिताको संस्कृति, नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्री शुसिला श्रीपालिले ओलम्पिक ज्वाला बालेर उद्घाटन गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले खेल क्षेत्रले पर्यटन, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रको बिकास हुने भएकोले यश क्षेत्रको बिकासमा सबै स्थानिय तह लागि पर्ने प्रतिबद्धता  व्यक्त गरे ।

तीन दिनसम्म संचालन हुने  जिल्ला स्तरीय  रनिङ्ग शिल्ड प्रतियोगितामा ३० पदक र  २५८ शिल्ड ,मेडलका लागी ६ ओटा स्थानीय तहका ५१६ जना खेलाडी सहभागी भएका छन् । खेललाई निष्पक्ष रुपमा संचालन गर्ने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिष्णु क्षेत्रीले जानकारी दिए ।

जिल्ला स्तरीय  रनिङ्ग शिल्ड प्रतियोगितामा सन्धिखर्क, भुमिकास्थान, सितगंगाा नगरपालिका र छत्रदेब ,पाणिनी, मालारानी गाउँपालिका गरि खेलको सुरुमा मार्चपास समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्