जिल्ला बुलेटिन

आसन्न निर्वाचनमा कांग्रेसले एजेण्डा र घोषणापत्रलाई पहिलो प्राथमिकता दिनुपर्छ : भुषाल

२०७८ चैत २७

सुरज घिमिरे,अर्घाखाँची । सत्तारुढ दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले आसन्न निर्वाचनमा कांग्रेसको एजेन्डा र घोषणा पत्रलाई आकर्षक बनाउनुपर्नेमा जोड दिएकी छन् । उनले देशभर ३० लाख नयाँ मतदाता थपिएको बताउँदै थपिएका मतदातालाई कांग्रेसमा आर्कषण गराउँन आगामी निर्वाचनको एजेण्डा र घोषणा पत्रलाई आकर्षक बनाउनुपर्ने बताईन् । 'नेपालमा अहिले थप ३० लाख नयाँ मतदाता थपिएका छन् । उनीहरुलाई कांग्रेसमा आर्कषण बनाउन पहिलो कुरा कांग्रेसको एजेण्डा र घोषणा पत्र हो । उनले भनिन्, हामिले अबको एजेण्डालाई पहिलो प्राथमिकता दिनुपर्छ ।'