जिल्ला बुलेटिन

अर्घाखाँची : डेंगी र स्क्रब टाइफसकाे संक्रमण बढ्दै

२०८० असोज २६

भिम बिश्वकर्मा ,अर्घाखाँची । अर्घाखाँची जिल्लामा डेंगी सङ्क्रमितको संख्या ३ सय बढी पुगेको छ । ३ वटा नगरपालिका र ३ वटा गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा ३ सय ७६ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेश पौडेलले जानकारी दिए ।