राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेकाे भन्दै नेविसङ्घद्वारा प्रदर्शन

| २०७९ भदौ २६ गते १३: ०८ मा प्रकाशित

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै नेपाली कांग्रेसनिकट विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेका छन् ।

नेविसङ्घले बिहान त्रिचन्द्र क्याम्पस अगाडि राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन गर्दै प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेको हो ।

राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षप गरेपछि नेविसङ्घ कार्यकर्ताले पनि ढुङ्गा प्रहार गरेका थिए ।

नेविसङ्घले बाटो अवरुद्ध गरेर प्रदर्शन गर्दा घण्टाघर आसपासको क्षेत्रमा केहीबेर गाडीको आवागमन रोकिएको थियो ।

उज्यालो 

प्रतिक्रिया दिनुहोस्