पदलोलुप देखिएर राष्ट्रपति बन्दिनँ :प्रचण्डसित माधव नेपाल

| २०७९ फागुन ११ गते १५: १५ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मति भए मात्र आफू राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका छन् ।

बिहीबार माओवादी संसदीय दलको कार्यालयमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा उनले पदलोलुप देखिएर राष्ट्रपति नहुने बताएका बैठकमा सहभागी एक नेताले बताएका छन् ।

‘पदलोलुप देखिएर राष्ट्रपति हुन्न, सर्वसम्मति भए उठ्छु’ अध्यक्ष नेपाललाई उधृत गर्दै स्रोतले भन्यो । नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गत आइतबार राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । बिहीबार माओवादी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा पनि यस विषयमा छलफल भएको थियो ।

प्रचण्डले भने नेता नेपालको प्रस्तावमाथि छलफल गर्ने जवाफ दिएका थिए ।onlinekhabar

प्रतिक्रिया दिनुहोस्