जसपालाई उपराष्ट्रपति दिने सहमती

| २०७९ फागुन १२ गते २०: १४ मा प्रकाशित

फागुन । बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेसँगै उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने सहमती गरेको छ।

बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने र उपराष्ट्रपतिमा जसपाको उम्मेद्‍वारलाई समर्थन गर्ने निर्णय गरेको बताए।

आजको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमोर्चाका नेताहरु सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्