भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन जनालाई ९/९ वर्ष कैद र चार अर्ब १० करोडभन्दा बढी जरिवाना

| २०८० असार ५ गते १९: ०० मा प्रकाशित

काठमाडौं, ५ असार । भ्रष्टाचार मुद्दामा आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीन जनालाई विशेष अदालतले ९ वर्षको कैद सजय सुनाएको छ ।

कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई ९/९ वर्ष कैद र चार अर्ब १० करोड ४६ लाख ९७ हजार आठ सय ९८ रुपैयाँको जरिवाना सुनाएको हो।

आज (मंगलबार) विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले सजाय निर्धारण गरेको हो।Reporters Nepal 

प्रतिक्रिया दिनुहोस्