समाचार

गुल्मीका नवनिर्वाचित स्थानीय तहका प्रमुखद्वारा शपथ

२०७९ जेठ ७

गुल्मी। गुल्मी जिल्लामा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिधीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रवार रेसुङ्गा नगरपालिकाको सभाहलमा निर्वाचित पालिका प्रमुखले मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीबाट शपथ लिएका हुन् । स्थानीय तहका प्रमुख एवं अध्यक्षले न्यायधीस मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएका हुन् । सपथ लिएपछी उनिहरुले आफ्नो पालिकामा पुगेर उप–प्रमुख,वडा अध्यक्ष सहित निर्वाचित सदस्यलाई सामुहिक रुपमा पद तथा गोपनीयताको शपथ गराएर कार्यभार सम्हाल्नेछन् ।