समाचार

प्रवासी नेपालीले कहिले पाउँछन् मताधिकार?

२०७८ चैत २७

विदेश रहेका नेपालीले मताधिकार पाउँछन् कि पाउँदैनन् भन्ने विषय अहिले बहसमा छ। मतदानको अधिकार दिनू भनी सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन नभएको भन्दै सरकार र राजनीतिक दलहरुको आलोचना समेत हुने गरेको छ।  आगामी वैशाख ३० गते स्थानीय तहको र १ वर्षभित्र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। यी निर्वाचनमा विदेशमा रहेका नेपालीले भोट दिन पाउँछन् कि पाउँदैनन् भन्ने विषयमा सर्वत्र चासो छ।