समाचार

जनतालाई सघाउन जनश्रमदानमा जुटे विप्लवका केन्द्रीय नेता

२०७८ चैत १०

काठमाडौ । शान्ती प्रकृयामा आएको नेकपा नेत्र विक्रम चन्द्र विप्लव समुह अव प्रत्यक्ष जनताको सम्पर्कमा रहेर काम गर्न थालेको छ । निर्वाचनमा भाग लिन्छ की लिँदैन भन्ने कुराको वहस चलिरहेको बेला विप्लव समुह जनश्रमदानमा लागेको छ । सो पार्टीका शीर्ष नेताहरु नै जनताका खेतमा जनश्रमदान गर्न पुगेका छन् । कपिलवस्तुस्थित पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका नेतहरुले श्रमदान गरेका हुन् ।