समाचार

किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन ३ को विजेता

२०७८ सावन २४

काठमाडौं । किरण गजमेर सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बनेका छन् । आज भएको ग्रान्ड फिनालेमा किरणले तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बनेका हुन् । उनले उपाधीसँगै २५ लाख रुपैयाँ जितेका छन् ।